यो जितपछि नेपालले दुई खेलबाट ६ अंक बटुलेको छ । यसपल्टको विश्वकप छनोटमा नेपालको यो दोस्रो जित हो ।

काठमाडौँ /नेपालले एसियाली विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ को बिहीबार भएको खेलमा चिनियाँ ताइपेईमाथि २–० को जित हासिल गरेको छ । यो जितसँगै नेपालले एसिया कप छनोट बलियो अवस्थामा देखापरेको छ ।

कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा पहिलो गोल गरे । चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको हो र त्यसमा अञ्जनले सजिलै गोल गरे । खेलको ८१ औं मिनेटमा सुमन अर्यालको क्रसमा नवयुग श्रेष्ठले दोस्रो गोल गरे ।

यो जितपछि नेपालले दुई खेलबाट ६ अंक बटुलेको छ । यसपल्टको विश्वकप छनोटमा नेपालको यो दोस्रो जित हो । दुवै जित चिनियाँ ताइपेईविरुद्ध रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: