कास्की / राष्ट्रिय जनमोर्चाले पार्टीको निर्देशन विपरित काम गरेको भन्दै प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीको सांसद पदबाट हटाएको छ । जनमोर्चाको को बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन त्यससम्बन्धि जानकारी प्रदेशसभा सचिवालयमा दिइएको पार्टीले जनाएको छ । सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आएका थिए ।

संसदीय दलका नेता समेत रहेका थापालाई पार्टीले संसदीय दलको नेताबाट हटाएको थियो । थापालाई पार्टीले कारबाही गर्दै आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट हटाएको थियो । थापा बाग्लुङ १ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: