फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र चाइनिज ताइपेईबीच प्रतिस्पर्धा हुँदैछ।

ताइपेईलाई हराउन सके नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुनेछ। तर्सथ पनि नेपालका लागि आज राति हुने खेल महत्वपूर्ण छ।

नेपाल समूह बी को चौथो स्थानमा रहेको छ । समूह बी कै खेलमा आज अस्ट्रेलिया र घरेलु टिम कुवेतबीच प्रतिस्पर्धा हुँदैछ।

१२ अंक जोडेर शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका चारै खेलमा जित हात पारेको छ। दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान ५(५ खेल खेल्दा समान १०(१० अंक जोडेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: