बाँके/ नेपालगन्जको भेरी अस्पतालमा गत जेठ १३ गते डाक्टर र नर्समाथि भएको आक्रमण तथा अस्पताल तोडफोड घटनाबारे सत्यतथ्य बुझ्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको प्रतिवेदनले बिरामीको मृत्युपछि उनका आफन्त तत्काल आवेगमा आएर डाक्टर र नर्समाथि कुटपिट गरेको भन्ने निष्कर्ष निकालेको छ । प्रतिवेदनले उल्टै अस्पताल प्रशासनको कमजोरी औंल्याएकोमा स्वास्थ्यकर्मीहरू भने अचम्ममा परेका छन् ।

जेठ १३ गते नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत सहितको समूहले कोरोना संक्रमणपछि उपचार गराइरहेका उनका दाजु डिल्लीबहादुर रावतको निधनपछि डाक्टर र नर्समाथि अस्पतालभित्रै कुटपिट गरेका थिए । घटनाको व्यापक विरोध पछि उनीहरु पक्राउ परेका छन् ।

स्वास्थ्यकर्मीमाथि कुटपिटपछि यो घटनालाई लिएर चौतर्फी विरोध भएपछि छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो । छानविन समितिले बुधबार बेलुका जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनले घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कारबाही माग गरेको छ। समितिले बुझाएको २५ पृष्ठ लामो प्रतिवेदनमा अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार गर्नुपर्ने लगायतका सुझाव पनि राखिएको छ ।

‘सत्यतथ्य नबुझि स्वास्थ्यकर्मीलाई दोषि देखाएर प्रतिवेदन आएपछि स्वाथ्यकर्मीहरुले भने विरोध गरेका छन् । राजनीतिक आस्थाका आधारमा दोषी जोगाउने षड्यन्त्र भएको उनीहरुको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: