परीक्षा बोर्ड र शिक्षा मन्त्रालयले परीक्षाको जिम्मा विद्यालयलाई दिने र वैकल्पिक माध्यमबाट भएपनि परीक्षा लिएर मात्रै नतिजा सार्वजनिक गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएका थिए ।

काठमाडौं / मन्त्रिपरिषद्को बैठकले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड(१९ महामारीका कारण भौतिक उपस्थितीमा परीक्षा गर्न नसकिने बताउँदै आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

परीक्षा बोर्ड र शिक्षा मन्त्रालयले परीक्षाको जिम्मा विद्यालयलाई दिने र वैकल्पिक माध्यमबाट भएपनि परीक्षा लिएर मात्रै नतिजा सार्वजनिक गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएका थिए । तर यो प्रस्तावलाई वेवास्ता गर्दै सरकारले आन्तरिक मूल्यांकनबाटै गत वर्ष झै विना परिक्षा नतिजा सार्वजनिक गर्न शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारी सार्वजनिक गर्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष जेठ १३ गतेदेखि एसईई गर्ने निर्णय गरेको थियो । तर बैशाख १६ गतेबाटै निषेधाज्ञा भएपछि सरकारले बैशाख २७ गते एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: