पाण्डे ५ सय २८ मतभारले विजयी भएका हुन् ।

दाङ/लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दृगनारायण पाण्डे विजयी भएका छन् । पाण्डेले ४ हजार १ सय ४० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मत पाएका छन् । पाण्डे ५ सय २८ मतभारले विजयी भएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टीको समर्थनमा पाण्डेले उम्मेदवारी दिएका थिए । यसअघि एमालेका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेका पाण्डे सांसदबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए ।

यसअघि माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका खड्कालाई एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो । खड्का अर्घाखाँचीको मालारानी गाउँपालिकाका बासिन्दा हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: