एजेन्सि / भियतनामले हो चि मिन्ह सहरमा कोरोना भाइरसको घातक स्वरूप देखिएपछि मे ३१ देखि लागू हुने गरी १५ दिनका लागि नयाँ मापदण्ड सार्वजनिक गरिएको छ । कोरोनाको घातक स्वरुप देखिए पछि शहरमा बसोबास गर्ने सवै नागरिकको परीक्षण गर्ने तयारी समेत गरिएको अधिकारीहरुले बताएका छन् ।

केही दिनअघि भारत र बेलायतमा देखिएको कोरोना भाइरसको भेरियन्ट मिश्रित रुपमा भेटिएपछि भियतनामले संक्रमण रोकथाम र नियन्त्रणका लागि पहलकदमी थालेको थियो। नयाँ स्वरूपमा भेटिएको कोरोना भाइरस घातक र हावामार्फत तीव्र रुपमा फैलिने किसिमको भएको भियतनामका स्वास्थ्यमन्त्रीले बताएका थिए ।
यसैवीच कोरोना संक्रमण नियन्त्रणका लागि हो चि मिन्हका सहरमा पसल र रेस्टुरेन्टहरु बन्द गरिएका छन् । धार्मिक गतिविधि र ठूला भेला समारोहमा पनि रोक लगाइएको छ । १० जनाभन्दा बढीको समूहमा भेला हुन रोक लगाइएको एजेन्सीहरुले उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: