बाँके/ बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवल शमशेर राणाले कोरोना महामारीसँग जुध्ने अहिलेको प्राथमिकता भएको भन्दै राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान नगर्ने जनाएका छन् ।

मेयर राणाले सामाजिक सन्जालमा स्ट्याटस राख्दै राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान नगर्ने जानकारी दिएका हुन् । ‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु’ राणाले उल्लेख गरेका छन् ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको पदका लागि लुम्बिनी प्रदेशमा आज उपचुनाव भइरहेको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् ।

उपनिर्वाचनमा लुम्बिनी प्रदेशको प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेशका पालिका प्रमुख र उपप्रमुख मतदाता छन् । भोट खसाल्न प्रदेशसभा सदस्य, पालिकाका प्रमुख(उप्रमुख र कोरोना संक्रमित जनप्रतिनिधिहरुका लागि अलग(अलग स्थान निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: