काठमाडौँ / प्रतिनिधिसभा विघटनका मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमाथि प्रश्न उठेपछि मूल मुद्दामा बहस भएन । आइतबारको इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दामा प्रवेश नगरी संवैधानिक इजलासमा रहने न्यायाधीशमाथि उठेका प्रश्नबारे बहस भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित सांसदका कानुन व्यवसायीले इजलासमा न्यायाधीश संवैधानिक इजलासमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागितालाई लिएर बहस भएको हो।

१४६ सांसदले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सुरु नहुँदै इजलास गठनलाई लिएर प्रश्न उठेको थियो । रिट निवेदकका कानुन व्यवसायीले नेकपा विभाजनको मुद्दामा न्यायाधीश श्रेष्ठसहितको इजलासले माग नगरेको विषयमा आदेश दिएको भन्दै उक्त फैसलाविरुद्ध पुनरावलोकन अनुमति नदिएका न्यायाधीश केसीले संवैधानिक इजलासमा बस्न नहुने माग गरेका थिए । रिट निवेदकका कानुन व्यवसायी र महान्यायाधिवक्ता रमेश बडालसहित सरकारी वकिलहरूले उक्त विषयमा बहस गरेका थिए ।
महान्यायाधिवक्ता बडाललगायत सरकारी वकिलले एक पक्षले भन्दैमा इजलासमा को न्यायाधीश रहने र को नरहने भन्ने निर्णय हुन नहुने तर्क गरेका थिए । महान्यायाधिवक्ता बडालले नेकपा नामको मुद्दाको र प्रतिनिधिसभा विघटन मुद्दामा कुनै साइनो नभएको बताएका थिए । इजलासमा न्यायाधीश श्रेष्ठ र केसी रहने कि बाहिरिने भन्ने न्यायाधीशहरूबीचको छलफलपछि टुंगो लाग्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: