काठमाडौँ /अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी उपयुक्त नभएको बताएका छन् । कतिपयले वर्तमन सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नएको भन्दै कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय—व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले उक्त कुरा बताएका हुन् ।

संविधानमा भएको व्यवस्था अनुसार नै बजेट ल्याएको दाबी गर्दै मन्त्री पौडेलले संवैधानिक प्रबन्ध भयो भएन भनेर दुविधा राख्नुपर्ने अवस्था नरहेको बताए । ‘मुलुकको आर्थिक क्रियाकलापलाई निरन्तरता दिने कामबाट सरकार पन्छिनु हुँदैनथ्यो, मन्त्री पौडेलले भने—त्यसैले संविधानमा भएको प्रावधान अनुसार नै बजेट आएको छ ।

बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गर्दै मन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएको स्पष्ट पारेका हुन् । ‘कोरोना संक्रमणको महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्थ्यो र त्यसैअनुरुप बजेट केन्द्रित गरिएको छ मन्त्री पौडेलले भने—‘कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौं ।’

मन्त्री पौडेलले आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन मन्त्रालय लागि परेको बताउँदै विद्यमान चुनौती समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताए । मन्त्री पौडेलले यो सरकारले बजेट कार्यान्वयन गर्ने बताउँदै सोमबारबाट नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: