काठमाडौँ / सरकारले करदातालाई कारोबारका आधारमा आयकरमा छुट दिने व्यवस्था छ । सरकारले बजेट बक्तब्य मार्फत ल्याएको यो व्यवस्था अनुसार आर्थिक वर्ष २०७८र७८ मा कुल आयमा वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई ९० प्रतिशत, २० लाख देखि ५० लाख रुपैयाँसम्म कारोबार भएका करदातालाई ७५ प्रतिशत र ५० लाखदेखि एक करोड रुपैयाँसम्म कारोबार भएका करदातालाई ५० प्रतिशतसम्म कर छुट पाउने छन् ।

सरकाले कोरोना संक्रमणका कारण अति प्रभावित व्यवसायलाइ राहत दिने गरि बजेटमा व्यवस्था गरेको छ । जसअनुसार कोरोना संक्रमणका कारण प्रभावित पर्यटन क्षेत्रका होटेल, ट्रेकिङ क्षेत्रमा, यातायात, उड्डयन, चलचित्र तथा सञ्चार गृहको करयोग्य आयमा एक प्रतिशत मात्र कर लाग्ने भएको छ । व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि १० वर्ष थप गरिएको छ ।

कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा खर्च कटौती गर्न पाइने अर्थमन्त्री विष्ण पौडेलले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: