चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्कासन गर्ने चेतावनी

काठमाडौं / जनता समाजवादी पार्टीको बहुमत पक्षद्वारा ठाकुर—महतो पक्षका चार जना नेताहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्कासन गर्ने चेतावनी सहित अध्यक्ष महन्थ ठाकुर,नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई अन्तिम अल्टिमेटमका रुपमा स्पष्टीकरण सोधेको हो ।

यसअघि जेठ ८ गते सोधेको स्पष्टीकरणको जवाफ नआएको भन्दै स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन र जनता समाजवादी पार्टीको विधान अनुसार कारबाही गर्ने उल्लेख गर्दै २४ घण्टाभित्र स्पष्टीकरण सोधिएको हो । केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले चारै जना नेताहरूलाई स्पष्टिकरण पत्र काटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: