काठमाडोंँ / बिएण्डसी मेडिकल कलेज विर्तामोडले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेको छ। बिएन्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले शनिबार एक विज्ञप्ति जारी गर्दै उपचारमा लागेको सम्पूर्ण खर्च आफूले प्रदान गर्ने बताएका हुन् ।

कोरोना संक्रमणका कारण स्वास्थ्य जटिल बनेपछि मेडिसिटी अस्पतालमा सघन उपचार कक्ष भेन्टिलेटरमा उपचाररत् थापाको उपचारमा ३० देखि ३५ लाख रुपैयाँ खर्च लाग्ने भएपछि आर्थिक सहयोगका आह्वान गरिएको थियो । ‘उज्जवल थापा नेपालमा गणतन्त्र स्थापनामा लाग्नुभएका एक असल सामाजिक अभियन्ता उपचारमा रहनुभएको र उहाँको उपचारमा सहयोग संकलनको आह्वान भएको समाचार आएकाले हामीले सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेका हौं,’ प्रसाईंले विज्ञप्तिमा भनेका छन्, ‘यो हाम्रो सामाजिक उत्तरदायित्व हो र उपचार खर्चको अभावमा कुनै पनि नेपालीले अकालमा मर्नु नपरोस् भन्ने हाम्रो मूल मान्यता हो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: