काठमाण्डौ / विश्वकप छनोटको तयारीमा रहेको नेपाली टिमले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । आज राति सवा १० बजे इराकको अल्फायहा मैदानमा नेपाल र इराकबीचको खेल हुनेछ ।

फिफा वरीयतामा ६८ औं स्थानमा रहेको इराकलाई जित्नु नेपालका लागि निकै चुनौतीपूर्ण देखिन्छ । तर पनि यो खेल नेपाली खेलाडीका लागि निकै महत्वपूर्ण रहने बताइएको छ । नेपाल फिफा वरीयतामा १ सय ७१ औं स्थानमा छ । नेपालले अहिलेसम्म इराकसँग ३ वटा खेल खेलेकामा सबै खेल इराकले नै जितेको छ ।

इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाल उतैबाट कुवेत जानेछ । विश्वकप अन्तर्गत नेपालले जुन ३ तारिखमा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपालले अहिलेसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार ब्यहोरेकाले छनोटको सम्भावना न्यून छ तर एसियाकपमा छनोटको सम्भावना भने रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

%d bloggers like this: