सुदूरपश्‍चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार प्रदेश सांसदहरु दीर्घ सोडारी, लालबहादुर खड्का, पूर्णा जोशी र मानबहादुर धामीलाई मन्त्री नियुक्त गरेका हुन् ।

धनगढी/आन्तरिक विवादका कारण सुदूरपश्‍चिम प्रदेशमा एमालेले आफ्ना मन्त्रीहरू हेरफेर गरेको छ । सरकारमा सहभागी एमालेका तीनै मन्त्रीले राजीनामा दिएका छन् । मन्त्रीले राजीनामा दिएलगतै चार मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । तर प्रदेशसभा संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो ।

एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिएका छन् । सुदूरपश्‍चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार प्रदेश सांसदहरु दीर्घ सोडारी, लालबहादुर खड्का, पूर्णा जोशी र मानबहादुर धामीलाई मन्त्री नियुक्त गरेका हुन् । सोडारी, खड्का र जोशी एमाले सांसद हुन् भने, धामी माओवादी केन्द्रका सांसद हुन् ।
त्यसैगरी एमालेका चुनकुमारी चौधरी, अर्चना गहतराज, मना साउद र मानबहादुर सुनार राज्यमन्त्री नियुक्त भएका छन् । सुनार माओवादी केन्द्रका सांसद हुन् भने अरु एमाले सांसद हुन् । नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार साँझ प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका छन् भने राज्यमन्त्रीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले शपथ गराएका हुन् ।

सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन भने सामाजिक विकासमा एमालेका खड्का र उद्योग पर्यटन वन तथा वातावरणमा माओवादी केन्द्रका धामीले जिम्मेवारी पाएका छन् । त्यसैगरी प्रकाशबहादुर शाहले आर्थिक योजना मन्त्रालय र पूर्णा जोशीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: