काठमाडौं /चिकित्सक र नर्समाथि भएको आक्रमणको विरोध र आक्रमणकारीलाई कारबाहीको माग गर्दै बाँकेको भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् ।

भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली रावतको मृत्यु भएपछि मृतकका आफन्तहरूले बिहीबार राति कोभिड वार्डमा खटिएका चिकित्सक र नर्सिङ स्टाफलगायत माथि आक्रमण गरेका थिए । घटनापछि नर्सिङ संघ बाँकेले शुक्रबार अस्पताल परिसरमा विरोध प्रदर्शन गरेको हो । जेठ ४ गते कोरोना संक्रमित भइ उपचारका लागि भर्ना गरिएका रावतको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेका थिए । भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा रावतको मृत्यु भएको थियो । त्यसपछि उनका आफन्तहरुले डा. चन्द्रप्रकाश सहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका थिए ।

घटना छानबिन गर्न स्थानीय प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा समिति बनाएको छ । प्रहरीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ । तर चिकित्सक र नर्समाथि आक्रमण भएको १२ घण्टा बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएको भेरी अस्पतालका प्रमुख फिजिसियन कन्सल्टेन्ट डा.राजन पाण्डेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: