काठमाडौं / काठमाडौं महानगरपालिकाले समुदाय स्तरमा कोभिडको अवस्था बुझ्न शुक्रबारदेखि पाँच दिन बृहत् कोरोना परीक्षण गर्ने भएको छ । महानगरपालिकाले एन्टिजेन विधिमार्फत् परीक्षण गर्न लागेको हो ।

महानगरपालिकाले सूचना जारी गर्दै ३२ वटै वडाका तोकिएका केन्द्रमा हरेक दिन दुई ‘सिफ्ट’मा एन्टिजेन विधिमार्फत परीक्षण गर्ने जनाएको छ । महानगरले बिहान १० देखि १ बजेसम्म पहिलो र दिउँसो २ देखि ५ बजेसम्म दोस्रो सिफ्टमा सवै तोकिएका परीक्षण केन्द्रमा यो सेवा सञ्चालन हुने छ ।

कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रपंक्तिमा काम गर्ने व्यक्ति, कोभिडका लक्षण देखिएका व्यक्ति साथै निषेधाज्ञाका बेला बाहिर काम गर्ने व्यक्तिको परीक्षण गरिने महानगरले जनाएको छ ।

कहाँ काहाँ हुन्छ एन्टिजेन परिक्षण ? हेर्नुस महानगरको सूचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: