काठमाडौँ / नेपाल एसबिआई बैंकले शेयरधनीहरुलाई ५.३१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

सञ्चालक समितिको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आ.व २०७७÷७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस शेयर र १.८१ नगद लाभांश (कर समेत) प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैंकको हाल कायम चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार ८ सय ८७ रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: