काठमाडौँ /न्यादी हाइड्रोपावरको १ करोड ५० लाख कित्ता साधारण शेयर (आईपीओ) र सामलिङ्ग पावर कम्पनीको ५० लाख कित्ता बुधवार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

सर्वसाधारणहरुमा वितरण गरिएको न्यादी हाइड्रोपावरको २५ लाख ५० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि लागि बिक्री गरिएको १५ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १ करोड ९ लाख ५० हजार कित्ता आईपीओ सूचीकरण सम्बन्धी सम्झौता आज सम्पन्न भएको हो ।

प्रतिशेयर अंकित तथा चुक्ता मूल्य १०० कायम भएको उक्त आईपीओ भोलि अर्थात विहिबारदेखि दोस्रो बजारमा कारोबार हुने छ । शेयर कारोबारका लागि ९४ रुपैयाँ देखि २८२.३९ रुपैया सम्म ओपन रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।

त्यसैगरी नेप्सेका अनुसार सामलिङ्ग पावर कम्पनीको सर्वसाधारणहरुमा वितरण गरिएको ७ लाख ३० हजार कित्ता र आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि ५ लाख र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३७ लाख ७० हजार कित्ता आईपीओ सूचीकृत भएको हो ।

नेप्सेको मंगलबारको निर्णय अनुसार प्रति शेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ कायम भएको उक्त आईपीओ नेप्सेमा सूचीकृत भएको हो । उक्त आईपीओ सूचीकरण सम्बन्धी सम्झौता बुधबार भएको हो । विहिबारबाट दोस्रो बजारमा शेयरको कारोबार शुरु हुने बताइएको छ । शेयर कारोबारका लागि ९८ रुपैयाँ देखि २९६.३१ रुपैयाँ ओपन रेञ्ज तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: