काठमाडौँ / नेपाल बार एसोसिएसनले मुलुकभरका १८ उच्च अदालतमा बुधबार विरोध प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयमा विकृति, विसंगति, विचौलिया बढाएको आरोप लगाउँदै राजीनामा गर्नपर्ने माग गर्दै बारका पदाधिकारीहरु आन्दोलनमा छन् ।

बारका पदाधिकारी र केन्द्रीय प्रतिनिधि उच्च अदालतहरूमा पुगेका छन् । बारका महासचिव लिलामणी पौडेलका अनुसार ललितपुर पाटन उच्च अदालतमा केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठ र उच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतको सहभागिता रहेको छ । वरिष्ठ अधिवक्ताहरू शम्भु थापा र तुलसी भट्ट पोखरा पुगेका छन् । बारका महासचिव पौडेल जनकपुर पुगेका छन् । उनीसँग वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो पनि छन् । वीरगन्ज उच्च अदालतमा विरोध प्रदर्शन गर्नका लागि वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ता भीमसेन बन्जरालगायत पुगेका छन् ।

बारका महासचिव लिलामणी पौडेलका अनुसार उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्नका लागि केन्द्रबाट प्रतिनिधि खटाएर किन प्रधानन्यायाधीशको राजीनामा माग्नुपरेको हो भन्ने कुरा स्पष्ट पार्न लागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

%d bloggers like this: